न्यूयोर्कमा पनि फेला पर्यो कोरोनाको नयाँ प्रकार

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकाको न्यूयोर्कमा ४ जनवरीमा पहिलो पटक नयाँ स्ट्रेनको कोरोना संक्रमण फेला परेको छ । गभर्नर एन्ड्र्यू क्यूमोले यसको पुष्टि गरेका हुन् ।

यो भन्दा पहिला कोलोराडो र क्यालिफोर्नियामा नयाँ स्ट्रेनको कोरोना पाइइएको थियो ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ३ लाख ६२ हजार १२३ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ३ हजार ५१ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?