बेलायतमा मार्चसम्म लकडाउन

काठमाडौं । बेलायतमा भ्याक्सिनेशन शुरु भइसकेको छ । तर कोरोना कहर रोकिएको छैन ।

यसलाई मध्यनजर गर्दै बोरिस जोनसन सरकारले मार्चसम्म सारा देशमा लकडाउनको घोषणा गरेको छ ।लकडाउन ७ हप्ता रहनेछ ।बेलायतमा कोरोनाबाट झण्डै एक लाख मानिसको निधन भएको छ ।

अहिलेसम्म महामारीबाट ७५ हजार ४३१ जनाको ज्यान गएको छ भने २७ लाख १३ हजार ५६७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै सरकारले फेब्रुअरीको मध्भ्यसम्म स्कूल बन्द गर्न आदेश दिएको छ । आम नागरिकलाई घरमै बस्न भनिएको छ । एक्सरसाइज दिनमा एक पटक मात्रै गर्न र ४ जनवरीको रातीबाट सबै अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?