दक्षिण कोरियामा पहिलो पटक घट्यो जनसंख्या

काठमाडौं । दक्षिण कोरिया घट्दो जनसंख्याका कारण अहिले चिन्तित छ । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक देशको जनसंख्या घटेको हो । २०२० मा सबैभन्दा धेरैको मृत्यु भएको छ ।

दक्षिण कोरिया पहिल्यैबाट सबैभन्दा कम जन्मदरवाला देश हो ।

ताजा जानकारीका अनुसार डिसेम्बर अन्तिमसम्ममा देशको जनसंख्या ५१ करोड ८२ लाख ९ हजार २३ थियो । गत वर्षको तुलनामा यो २० हजार ८३८ ले कम हो । २०२० मा २ लाख ७५ हजार ८०० जना बच्चाको जन्म भएको छ ।

यो २०१९ को तुलनामा १० प्रतिशतले कम हो । त्यस्तै गत वर्ष दषिण कोरियामा ३ लाख ७ हजार ७६४ जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?