भारतलाई अर्को झट्का : लोकेश राहुल अष्ट्रेलियासँगको टेस्ट सीरीजबाट बाहिरिए

काठमाडौं । अष्ट्रेलियासँगको टेस्ट सीरीजमा भारतलाई अर्को झट्का लागेको छ ।

ओपनर लोकेश राहुल घाइते भएर सीरीजबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलवार यसको जानकारी दिएको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा प्राक्टिसका क्रममा उनको बायाँ हातमा चोट लागेको हो ।

उनी ठीक हुन थोरैमा तीन हप्ता लाग्ने बताइएको छ ।

यस अगाडि पनि भारतका तीन खेलाडी इशान्त शर्मा, मोहम्मद शमी, उमेश यादव चोटका कारण सीरीजबाट बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?