बण्ड गर्ल तान्या रोबर्ट्सको निधन

काठमाडौं । ६५ वर्षकी बण्ड गर्ल तान्या रोबर्ट्सको निधन भएको छ ।

उनी बण्ड मूभी ए व्यू टू किल बाहेक सेभन्टीज शोमा देखिएकी थिइन् ।

२४ डिसेम्बरमा तान्या आफ्नो कुकुर डुलाउने क्रममा लडेकी थिइन् ।

त्यसपछि उनलाई लस एन्जिल्सको सीडर सीनार अस्पतालमा भर्ना गरिएको थियो ।

आईतवार उनको निधन भएको हो । तान्याकी साथी माइक पिंगलले यसको बारेमा जानकारी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?