भ्यालेन्सिया बराबरीमा राकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया बराबरीमा राकिएको छ । सोमवार राति भएको खेलमा भ्यालेन्सियाले काडिजसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

खेलको ५८ औं मिनेटमा काडिजका एन्थोनी लोजानोले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

भ्यालेन्सिया १६ अंक जोडेर १७ औं स्थानमा रहेको छ । काडिज २० अंक जोडेर १० औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?