संसद विघटनविरुद्ध अनेरास्ववियूको आन्दोलन : मन्त्रीहरुलाई कालो झण्डादेखि बयलगाढा प्रदर्शनसम्म !

काठमाडौं । संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम प्रतिगमनकारी र अलोकतान्त्रिक रहेको बताउँदै अनेरास्ववियूले आज (मंगलवार) बाट विभिन्न विरोधका कार्यक्रमहरु घोषणा गरेको छ ।

जसअनुसार आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम रहेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।

त्यस्तै पुस २२ गते अर्थात भोलि काठमाडौं उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस गर्ने कार्यक्रम रहेको तामाङले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

यसैबीच विरोधका कार्यक्रमहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउने तथा धरपकड गर्ने लगायतका कामहरु नगर्न समेत चेतावनी दिएको छ ।

यसैबीच संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चंदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापुर्ण कार्य नगर्न चेतावनी दिन चाहन्छौं। जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् संसद विघटनविरुद्ध दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरु :

पुस २१ गतेदेखि- ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने

पुस२१ गते-  प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।

पुस २२ गते- उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस ।

पुस २३ गते-  देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।

पुस २४ गते- सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

पुस २५ गते- असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

पुस २६ गते- बयलगाडा प्रदर्शन।

पुस २७ गते- प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।

पुस २८ गते- सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ)।

पुस २९ गते- सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन।

त्यस्तै तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिने समेत बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?