१३ माघ २०७९, शुक्रवार

झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी

२०७४,आश्विन,१६,सोमवार ०६:५१

0
Shares

दोलखा १६ असोज ।दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ ।झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिए। उनका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए । उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाटन । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७० औँ विश्व

स्याङ्जा । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३