काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो ।
भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बन्दोबस्ती कार्य सिपाही पदमा ९६,अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
आवश्यक योग्यता भएका नेपाली नागरिकले तोकिएको समयमा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया