मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । हाल देशभर सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू–भागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?