बेलायतमा आक्रामक बन्दै कोरोना, फेरि लकडाउनको तयारी

बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ । सोमवारको तथ्याँक अनुसार हालसम्मको संक्रमितको संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ । बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ४३१ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि पुन:  लकडाउन गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?