अमेरिकी विमानवाहक बोट मध्य पूर्व सागरमा तैनाथ हुन्छ : पेन्टागन

काठमाडौं । अमेरिकी रक्षा मुख्यालय पेन्टागनले अमेरिकी विमानवाहक बोट मध्यपूर्व सागरमा रहने बताएको छ ।

अमेरिकालाई ईरासँग सम्भावित खतरा रहेको भन्दै विमानबाहक बोट राख्न लागेको बताएको हो ।

अमेरिकी रक्षा मन्त्रालयले तीन दिन पहिला १० महिनादेखि मध्यपूर्वको समुन्द्रमा तैनाथ यूएसएस निमिट्ज हटाउने भनेपनि आफ्नो सोच परिवर्तन गरेको बताएको हो ।

पेन्टागनका एक्टिङ डिफेन्स सेक्रेटरी क्रिस मिलरले अप्रेशनको एरियामा बोट रहने बताएका छन् । यो फैसला अमेरिकी सरकारले सोचेर मात्रै लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?