काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा, पौष २१ गतेदेखि हलिउड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ ।
दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ वटा शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न पाउनेछन् ।
सिनेमाघर इन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने त्यो आफूले छानेर हेर्न सकिने बताइएको छ ।
दैनिक ६ वटा शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा ‘ MOD999′ आफ्नो ‘CAS ID’ अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया