स्वास्थ्य मन्त्रालयले भन्यो- ‘अनावश्यकरुपमा पीसीआर परिक्षण नगरौं’

काठमाडौँ- सरकारले अनावश्यकरुपमा कोभिड १९ को परीक्षण नगर्न नगराउन आग्रह गरेको छ ।

कोरोना पुष्टि भएपनि लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

यस्तै मन्त्रालयले कतिपय व्यक्तिहरु कोरोना संक्रमण भई स्वास्थ्य अवस्था बिग्रिंदै जाँदा पनि स्वास्थ्य संस्थामा नपुग्नाले ठूलो जोखिम आउने अवस्था देखिएको जनाएको छ । यस्तै कतिपय व्यक्तिहरु आइसोलेशन सेन्टर वा स्वास्थ्य सस्थामा भर्ना भई लामो समय रहने र पटक पटक पीसीआर परिक्षण गरिरहने, नेगेटिभ नआएसम्म डिस्चार्ज समेत नहुने गरेको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

यसले स्रोत साधनको दुरुपयोग भएको भन्दै मन्त्रालयले अब कोभिड परिक्षण निर्देशिका अनुसार मात्रै गर्न गराउन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?