काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् ।
आइतवार सिरी ए मा उडिनेसविरुद्ध युभेन्टसले ४-१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेका थिए ।

पेलेले सन् १९५६ देखि १९७७ बीचको दौरानमा सान्तोस, न्युयोर्क कसमस र ब्राजिलबाट गोल गरेका थिए । रोनाल्डोले राष्ट्रिय टोली र क्लबबाट खेल्दै ७ सय ५८ गोल गरेका छन् ।
रोनाल्डोले क्लबबाट ६ सय ५६ गोल गरेका छन् । जसमा रियल म्याड्रिडबाट ४ सय ५० गोल गरेका छन् । पोर्चुगलबाट १ सय २ गोल गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया