फ्लोरिडामा चल्यो गोली : फरक घटनामा १२ जना घाइते

काठमाडौं । फ्लोरिडाको मियामी डेड काउन्टीमा भएको गोलीबारीका फरक फरक घटनामा १२ जना घाइते भएका छन् । अधिकारीले सोमवार यसको जानकारी दिएका हुन् ।

दुई अज्ञात बन्धुकधारीले आईतवार लिटिल रिभर पार्कमा करिव एक बास्केटबल कोर्टमा गोलीबारी गरेका थिए । यो पहिलो घटनामा ८ जना घाइते भएका थिए । एनसीबी न्यूजका अनुसार ८ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दोश्रो घटनामा अलापट्टामा चार जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?