२०७७, २० पुष सोमवार १६:४५

मन्त्रिपरिषद् बिस्तारको कारण एक हप्ता भित्र पेस गर्न सर्वोच्चको आदेश


प्रकाशित मिति : २०७७, २० पुष सोमवार १६:४५

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तार गर्नुको कारण एकसाता भित्र पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज (सोमवार) मन्त्रिपरिषद् बिस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

पुस ५ गते प्रतिनिधि विघटन भएपछि राजीनामा दिएका केही मन्त्रीहरुको स्थानमा काम चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते ९ मन्त्री नियुक्त गरेका थिए। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न आदेश गरेकै दिन बेलुका मन्त्रिपरिषद् बिस्तार गरिएको थियो। सोही दिन राष्ट्रपति विद्यादेवि भण्डारीले उनीहरुलाई सपथ गराउँदै नियुक्ति दिएकी थिइन्।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गरेको र पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस