बस र ट्रकमा हमला : ९ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । सीरियाको हमा प्रान्तमा सलामियाह शहरको नजिक आतंकवादीहरुले तीन यात्रुबस र इन्धन बोकेको ट्रकमा हमला गर्दा ९ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका छन् ।

हमा प्रान्तका गभर्नर मोहम्मद तारिक कृशातिले यसको बारेमा जानकारी दिएका हुन् ।

सीरियाका मिडियाले सैन्य सूत्रको श्रोत दिँदै यसको बारेमा जानकारी गराएको हो । यो हमला सलामियाह रक्का राजमार्गमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?