नान्सी पेलोसी चौथो पटक अमेरिकाको हाउस स्पीकरमा चुनिइन्

काठमाडौं । चर्चित डेमोक्रेटिक नेतृ नान्सी पेलेसी चौथो पटक अमेरिकाको हाउस स्पीकर चुनिएकी छन् । उनले यो अन्तिम कार्यकाल हुने समेत बताएकी छन् ।

समाचार एजेन्सी शिन्हुआको रिपोर्टका अनुसार आईतवार ८० वर्षीया पेलोसीलाई २१६ डेमोक्रेटिक्सको समर्थन मिलेको थियो । तर उनका दुई सहयोगीले अन्यलाई भोट दिएका थिए भने तीन जना मतदानमा अनुपस्थित थिए ।

उनी २००७ मा पहिलो पटक हाउस स्पीकर बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?