२०७७, २० पुष सोमवार १५:५४

ढिलो हिमपातले जुम्लाका किसान खुशी


प्रकाशित मिति : २०७७, २० पुष सोमवार १५:५४

जुम्ला । खलङ्गामा आज (सोमवार) बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको थियो  ।

सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताइन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताएका छन् ।

यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताए । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ ।

प्रतिक्रिया दिनुहोस