नयाँ भाइरस ‘डिजीज एक्स’: कंगोकी महिलामा देखियो लक्षण, डब्ल्यूएचओ भन्छ-‘हो भने बिध्वंश हुनेछ’

काठमाडौं । कोरोना महामारीका बेला नयाँ भाइरस डिजीज एक्सको चेतावनी जारी भएको छ । अफ्रिकी भाइरस इबोला पत्ता लगाउने डाक्टर जीन ज्याक्स मुएम्ब तामफमले यसको चेतावनी दिएका हुन् । उनका अनुसार यो धेरै घातक रहेको छ र कोरोनाको तुलनामा तीव्र गतिमा फैलिन्छ ।

यो लागेमा इबोलाको तुलनामा ५० प्रतिशतदेखि ९० प्रतिशतले बढीरहेको छ । एक अमेरिकी टिभी च्यानलसँगको अन्तर्वार्तामा उनले भने, ‘आज हामी यस्तो संसारमा छौँ, जहाँ नयाँ भाइरस बाहिर आउनेछ, यो भाइरस मानवताका लागि खतरा बन्न सक्छ । भविष्यमा आउने महामारी कोरोना भाइरस भन्दा खतरनाक हुनेछ र यसले धेरै बिध्वंस मच्चाउनेछ ।

कंगोको इगेण्डमा एक महिलाको रगत आउनुको साथै खोकी र ज्वरोको लक्षण देखिएको छ । इबोला जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आयो । डाक्टरहरुले उनी नै डिजीज एक्सको पहिलो बिरामी भएको बताएका छन् ।

डब्ल्यूएचओले भने यो महामारी खअहिले परिकल्पना मात्रै भएको बताएको छ । तर, यो देखियो भने सारा विश्वमा बिध्वंस मचिने डब्ल्यूएचओले बताएको छ ।

को हुन् डाक्टर तापफम ?

डाक्टर तापफम १९७६ मा इबोला भाइरस पत्ता लगाउनमा महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?