संसद विघटनविरुद्ध व्यंग्य गर्दै नयाँ र्‍याप बजारमा (भिडियोसहित)

काठमाडौं । उदयमान र्‍यापर गौरव शर्माको नयाँ गीत ‘चुनाब’ सार्वजनिक भएको छ ।

आर्टिस्ट रेडक्याप नामक यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको गीतमा देशको वर्तमान परिस्थितीको बारेमा चर्चा गरिएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन गरेको विषयलाई मुख्य रुपमा उजागर गरिएको छ । गौरव शर्माको स्वरमा रहेको उक्त गीतमा लोमस शर्माको मुख्य भूमिका रहेको छ । आदित्य पौडेलको निर्देशन र सहायक निर्देशकमा अभिशेक लम्साल रहेका छन् । उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् भने विजय कार्कीले उक्त भिडियोलाई क्यामेरामा कैद गरेका थिए ।

त्यस्तै यसअघि उनको नेपाल को सासक, हिपअप मेरो दुनियाँ लगायतका गीतहरु सार्वजनिक भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?