‘टाइगर जिंदा है’ का निर्देशक अली अब्बास जफरले गरे विवाह

काठमाडौं । ‘टाइगर जिंदा है’ र ‘सुल्तान’ जस्ता फिल्मका निर्देशक अली अब्बास जफरले विवाह गरेका छन् ।

उनले प्राइभेट सेरेमनी राखेका थिए । सोसल मिडियामा उनले आफ्नो विवाहको जानकारी दिएका छन् ।

उनले इन्स्टाग्राममा आफ्नी श्रीमतीको हात समाइरहेको फोटो शेयर गरेका छन् ।

उनले कसलाई जीवन साथी बनाए भन्ने बारेमा भने खुलासा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?