काठमाडौं । कोरोना भाइरसको नयाँ भ्यारिएन्टल अत्याधिक तीव्र गतिका साथ प्रजनन गरिरहेको बताइएको छ । यसको प्रजननको गति वैज्ञानिकले सोचे भन्दा धेरै रहेको बताइएको छ ।

यसकै कारण यो भाइरस पुरानो कोरोनाको तुलनामा धेरै संक्रामक रहेको छ ।

बेलायतमा भएको एक नयाँ स्टडीका अनुसार बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेन अर्को भाइरस भन्दा धेरै फरक रहेको छ ।

लण्डन इम्पीरियल कलेजका प्रोफेसर एक्सेल ग्यान्डीले बेलायतमा पाइएको कोरोना भाइरसको प्रजननको गति १.१ देखि १.३ को बीचमा रहेको छ ।

जबकी साइन्टिस्ट यसको प्रजनन गति ०.६ देखि १.० को बीचमा रहनुपर्ने बताउँछन् । यो भाइरस तीव्र गतिले फैलिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया