कोहली र पाण्डेले तोडे कोरोना नियम

काठमाडौं । अष्ट्रेलियामा भारतीय क्रिकेट टीमका ओपनर रोशित शर्मा, ऋषभ पन्त, शुभमन गिल, पृथ्वी शा र नवदीप सैनीमाथि कोरोना नियम तोडेको बारेमा अनुसन्धान भइरहेको छ ।

यसैबीच अष्ट्रेलियाली मिडियाले एक फोटो शेर गर्दै भारतीय कप्तान विराट कोहली र हार्दिक पाण्डेले कोरोना प्रोटोकल तोडेको बताएको छ । फोटो सिड्नीको एक पसलको बताइएको छ ।

उनीहरु शपिङका लागि त्यहाँ गएको र मास्क नलगाई हिँडेको बताइएको छ ।सामाजिक सञ्जालमा अहिले यो फोटो भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?