बलिउड ड्रग्स केस : एनसीबीको अफिस पुगे रिया र शोविक

काठमाडौं । ड्रग्स केसमा जेल गइसकेकी बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती एकसाथ फेरि सोमवार एनसीबीको अफिस पुगेका छन् ।

दुबैको साथमा उनका पिता इन्द्रजित पनि कारमा अफिस बाहिरसम्म पुगेका थिए । उनीहरु दुबै रुटिन हाजिरीका लागि केन्द्रिय जाँच एजेन्सीको अफिस पुगेका हुन् ।

उनीहरु दुबैलाई अदालतले जमानतमा रिहा गरेको थियो । उनीहरुलाई महिनाको पहिलो सोमवार एनसीबीको अफिसमा उपस्थित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?