५० राउण्ड गोलीसहित विमानस्थलबाट आमा छोरा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौंबाट झापा भद्रपुर जान लागेका यात्रु चेकजाँचका क्रममा ५० राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरीले लोकपथलाई दिएको जानकारी अनुसार  पक्राउ परेका उनीहरु आमा छोरा हुन् ।

सो परिमाणको गोलीसहित बद्रीहाङ राई र मुनादेवी राई श्री एयरलाइन्सको जहाजबाट यात्रा गर्न लागेका थिए ।

विमानस्थलमा चेकजाँचका क्रममा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।

मुनादेवीको श्रीमान् प्रहरीका अवकास प्राप्त सई रहेको बुझिएको छ ।

उनीहरुलाई पक्राउ गरी त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?