२०७७, २० पुष सोमवार १२:५८

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द, यातायात विभागले निकाल्यो सूचना


प्रकाशित मिति : २०७७, २० पुष सोमवार १२:५८

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भनेको छ “सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७र०९र२० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”

 

प्रतिक्रिया दिनुहोस