अष्ट्रेलिया Vs भारत : तेश्रो टेस्टबाट बाहिरिए पेटिन्सन

काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स पेटिन्सन भारतविरुद्धको तेश्रो टेस्टबाट बाहिरिएका छन् ।

३० वर्षका उनी चोटका कारण म्याचबाट बाहिरिएका हुन् । तेश्रो टेस्ट सिड्नीमा ७ जनवरीमा हुँदैछ ।

अहिलेसम्म सीरीज १-१ को बराबरीमा रहेको छ । डे टेस्टपछि उनी घर गएका थिए, तर घरमा लडेका कारण उनलाई चोट लागेको र उनी म्याचबाट बाहिरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?