मलामी गएका २५ जनाको घाटमै मृत्यु : तीन जना पक्राउ, ठेकेदार फरार

काठमाडौं । भारतको गाजियाबादमा आईतवार मलाम जाँदा भएको दुर्घनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । पानी परेपछि ओत लाग्न भन्दै घाट नजिकै रहेको बिल्डिङमा पसेका उनीहरुको बिल्डिङ भत्किँदा निधन भएको हो ।

यस घटनामा दुख् व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले कारबाही अघि बढाउन आदेश दिएका छन् ।

यस मामिलामा ईओ, इन्जीनियर र सुपरभाइजरलाई पक्राउ गरिएको छ भने ठेकेदार अझैसम्म फरार रहेको बताइएको छ ।

उनीहरुको लापरबाहीका कारण यति ठूलो क्षति भएकोले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?