आज कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं । आज (सोमवार) देशका धेरैजसो स्थानमा मौसम बदलि भएको छ ।

पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदलि भएको छ ।

हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ । आज राति पनि देशभर

बदलि रही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात हुने र अन्य स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै मंगलबार र बुधबार पनि आजको जस्तै मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि घाम लागेको छैन् । विहान हल्का पानी परेको थियो । काठमाडौं उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकोले खासै चिसो महसुस भने भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?