अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट सुन्दरहरैचा नगरपालिका-११ बस्ने ३२ वर्षीय कुशल चौधरीलाई नियन्त्रित लागूऔषध ६ एम्पुल लुपिजेसिक, ६ एम्पुल एभिल, ६ एम्पुल डाईजेलाब र ६ एम्पुल फेनारगन सहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले आइतवार दिउँसो पक्राउ गरेको छ ।

साथै सोही चोकबाट पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल कुमार राईलाई नियन्त्रित लागूऔषध ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल एभिल, ८
एम्पुल डाईजेल्याव र ८ एम्पुल फेनारगन सहित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले आइतवार दिउँसो पक्राउ गरेको छ ।

यसैगरी मोरङ, सुनबर्सी नगरपालिका-८ हर्सनगडी चोकबाट पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २८ वर्षीय अनिश नेपालीलाई नियन्त्रित लागूऔषध २३
ट्याब्लेट नाईट्राभेट, ६ एम्पुल आईपीपीएल, ६ एम्पुल डाईजेल्याब, ६ एम्पुल फेनारगन र ६ एम्पुल एभिल सहित प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले
आइतवार दिउँसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?