चीनमा अटो पार्ट्सको प्याकेजिङ स्याम्पलमा भेटियो कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरस बारे एउटा अर्को चिन्ता थपिएको छ ।चीनमा अटो पार्ट्सको प्याकेजिङको स्याम्पलमा कोरोना भाइरस पुष्टि भएको छ ।एक कम्पनीका वर्कर पोजेटिभ पाइएपछि गराइएको टेस्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वर्करको रिपोर्ट पोजेटिभ आएपछि स्टोरका सामानमा पनि कोरोनाको परीक्षण गरिएको थियो ।

न्यूज एजेन्सी शिन्हुआका अनुसार शांक्सी राज्यको जिनचेंग शहरमा डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको लोकल सेन्टरले अटो पार्ट्सको प्याकेजिङमा कोरोना भाइरस भेटिएको बताएको हो ।

त्यसपछि सामानको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइन गरिएको छ ।

उनीहरु सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । भाइरस भेटिएका सबै सामान सील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?