बिलिनियर ज्याक मा दुई महिना यता बेपत्ता

काठमाडौं । चीनका बिलिनियर तथा अलीबाबा ग्रुपका मालिक ज्याक मा गत दुई महिना यता बेपत्ता छन् ।

ज्याक माले चीनको ब्याजखोर वित्तिय नियामक र सरकारी बैंकलाई गत वर्षको अक्टोबरमा शंघाईमा आलोचना गरेका थिए । त्यसपछि उनीसँग चीनका राष्ट्रपति शी जिनपिङ रुष्ट थिए ।

त्यसपछि उनी र शी जिनपिङबीच विवाद भएको थियो । त्यसपछि ज्याक मा हालसम्म बेपत्ता छन् ।

ज्याक माले चिनियाँ सरकारसँग सिस्टममा यस्तो परिवर्तन गर्नुहोस्, जसले बिजनेशमा नयाँ चिज शुरु गर्ने प्रयाश दबाउने प्रयाश गरोस् भन्दै आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?