बीबीएलको ‘प्लेइङ सेट’मा सन्दीप

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा भईरहेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबर्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । मेलबर्नविरुद्ध सन्दीप प्लेइङ-११ मा परेका छन् । सन्दीप लगातार दोस्रो खेलमा प्लेइङमा परेका हुन् ।

मेलबर्नविरुद्ध नै शनिवार डेब्यु गरेका सन्दीपले २ विकेट लिएका थिए । मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो ।

लिगमा होबर्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

मेलबर्न ६ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?