स्रोत नखुलेको रकम सहित दुई भारतीय पक्राउ

काठमाडौं । आज (सोमवार) बिहान स्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा करिब डेढ करोड रुपैयाँसहित उनीहरुलाई महानगरी प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  भारतीय नागरिक अमित कुमार गुप्ता र सोहि गाडिका चालक छन् । सामान्य चेकजाँचका क्रममा कपिलवस्तु बाट आइरहेको गाडी जाँच गर्दा उनीहरुको साथबाट १ करोड ४७ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?