इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकको डरलाग्दो चेतावनी !

काठमाडौं । कोरोनाको महामारीले अहिले सारा विश्व त्रस्त र ग्रस्त बनिरहेको छ । कोरोना भाइरसले सारा विश्वलाई रुहाइरहेका बेला वैज्ञानिकले फरि डरलाग्दो चेतावनी जारी गरेका छन् । खतरनाक इबोला भाइरसको खोजी गर्ने वैज्ञानिक जीन–ज्याक्स मुयेम्बेले तामफूमले संसार चाँडै नै नयाँ रोगका लागि पनि तयार हुनुपर्ने चेतावनी दिएका हुन् ।

उनले सीएनएनसँगको कुराकानीमा ‘डिजिज एक्स’ रोग संसारको विभिन्न भागमा रहेको र कंगोमा यसबाट सम्भावित पीडित मानिस भेटिएको भन्दै नयाँ रोगको लागि तयार रहन चेतावनी जारी गरेका हुन् ।

जीनले यसलाई ‘डिजिज एक्स’ नामाकरण गरेका छन् भने यो निकै घातक साबित हुने बताएका छन् । कुराकानकिा क्रममा जिनले भने, ‘आज हामी यस्तो संसारमा छौँ जहाँ नयाँ भाइरस बाहिर आउनेछन् र यी भाइरस मानवताका लागि खतरा बन्नेछन् ।’ उनका अनुसार यो भविष्यमा निम्तिने महामारी कोरोनाभाइरसभन्दा बढी खतरनाक हुनेछ र यसबाट विश्वमा थप विध्वंस मच्चिनेछ ।

कंगोको इगेन्डेमा एक महिलामा रक्तश्रावका साथै ज्वरो देखिएको थियो । उनको इबोला परीक्षण गराइयो तर रिपोर्ट नेगेटिभ आयो । डाक्टरलाई उनी ‘डिजिज एक्स’ की पहिलो बिरामी त होइनन् भन्ने डर छ । उनले नयाँ भाइरस कोरोना जस्तै तीव्र रुपमा फैलिने तर यसको मृत्युदर इबोलाभन्दा ५० देखि ९० प्रतिशत बढी भएको जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यसलाई काल्पनिक बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?