भाइसँग नयाँ घर खोज्न निस्किएकी रियाले मिडियालाई भनिन्-‘अब मेरो पछि नलाग्नु’

काठमाडौं । गत वर्ष अर्थात् ४ दिन पहिला बलिउड अभिनेत्री रिया चक्रवर्तीका पिता इन्द्रजीत मुम्बईमा घर खोज्न निस्किएका थिए । त्यहि काम अहिले रिया चक्रवर्ती गरिरहेकी छन् ।

उनको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । रिया भाइ शोविकसँग घर खोज्न निस्किएकी हुन् ।

सुशान्त सिंह राजपूतको मृत्युपछि रिया उनकी सबैभन्दा ठूलो आरोपी बनेकी छन् ।

पापाराजीले जब उनको फोटो लिन पछि लागे तब उनी रिसाएर भनिन्, अब मेरो पछि लाग्न छोड्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?