काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पुनरागमन जित हात पारेको छ । आइतवार राति भएको खेलमा बायर्नले मैन्जविरुद्ध पुनरागमन गर्दै ५-२ गोल अन्तरको जित हात पारेको हो ।
घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर बायर्नले उत्कृष्ट जित निकालेको हो । खेलको ३२ औं मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा एलेक्जेन्डर हाकले गोल गर्दा मैन २-० ले अघि रह्यो ।
दोस्रो हाफमा बायर्न खेलमा फर्कियो । खेलको ५० औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ५६ औं मिनेटमा लोरी सानेले गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।
खेलको ७० औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ७६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ५-२ को सानदार जित निकाल्यो ।जितसँगै बायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १४ खेलमा ३३ अंक जोडेको छ ।
मैन्ज ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया