रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते

काठमाडौं । बौद्धमा रोकिराखेको ट्रिपरमा ठोक्किएर स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

सामान छाड्न रोकेर राखेको बा २ प ६२ नम्बरको ट्रिपरमा फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रिपर भएको ठाउँमा बत्ती नभएको र पछाडीबाट आएको स्कुटर ठोक्किएको हो ।

घटना लगत्तै ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिइएको र शेर्पाको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते टाउकोमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?