काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जितहात पारेको हो ।

४ गोलले विजयी भएको युभेन्टसका लागि घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा फेड्रिकोले गोल गर्दा युभेन्टसको अग्रता २-० को बन्यो ।

खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए । ९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई ३-१ को स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई ४-१ को जित दिलाए ।
जितसँगै युभेन्टसले १४ खेलमा २७ अंक जोडेको छ । युभेन्टस लिगको पाँचौं स्थानमा रहेको छ । उडिनेजे १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया