पोलेको मकै खाँदा हुन्छन् यति धेरै फाइदा !

काठमाडौं । मानिसहरुले रुचाउने खानाकुरा मध्ये पोलेको मकै पनि एक हो । गाँउघरमा मकै सिजनमा सजिलै पाए पनि शहरमा यो प्राय सधैँ जसो पाइन्छ ।

केहि मानिसहरुका लागि भने पोलेको मकै रोजगारी नै बनेको पनि छ । मन पर्ने मानिसहरुले यसलाई किनेर खाने गर्दछन्।

तपाईहरुलाई थाहा नहुन पनि सक्छ पोलेको मकै खाँदा मिठो मात्र नभई यसले मानव शरीरमा धेरै फाइदा पनि गर्दछ ।

१. पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।

२. पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

३. मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा र्पुयाउँछ । त्यसबाहेक यसले खोकी लागेको पनि निको पार्दछ ।

४. पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो क्यान्सरसँग लड्न पनि मद्दत गर्दछ ।

५. बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?