गण्डकी । सफल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिका–१७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आइतबारदेखि शुरु भएको १३ औँ साधारणमा शेयर सदस्यलाई कोसेलीस्वरुप मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चार दिनसम्म साधारणसभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिइन् ।
उनले शेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाइमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइका सामग्री प्रदान गरिएको बताइन् । उनका अनुसार यस अवधिमा नेपाल रेडक्रस सोसाइटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने छ ।
पोखरा महानगरपालिका वडा नं ७ र १७ स्थित पूर्वी भेगका बुद्धिजीवी, समाजसेवीको सक्रियतामा विसं २०६४ मा दर्ता गरी सञ्चालनमा आएको सो सहकारीमा हाल ३८६ शेयर सदस्य रहेका छन् । तिनमा ६० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको छ । संस्थाले गत वर्षको १२ औँ साधारणसभामा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेङ्गु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया