संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शन : सबै जिल्ला समितिलाई तरुण दलको यस्तो निर्देशन

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर गर्न लागेको आन्दोलनलाई प्रभावकारी बनाउन तरुण दलले जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।

कांग्रेसको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले आगामी संसद विघटनविरुद्ध पुस २५ गतेदेखि विभिन्न विरोधका कार्यक्रमहरुको घोषणा गरेको छ ।

सोमवार एक परिपत्र गर्दै तरुण दल अध्यक्ष जितजंग बस्नेतले विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका हुन् ।

प्रस्तुत विषयमा नेपाल कम्यूनिष्ट पार्टीको के।पी। शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरु गर्ने भएकोले उक्त विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्नरगराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ कांग्रेसको देशभर प्रदर्शनका कार्यक्रमहरु : 

आगामी पुस २५ गते शनिवारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।

माघ ३ गते शनिवारका दिन देशैभरका ७५३ पालिकहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।

माघ ८ गते बिहीवारका दिन देशैभरका ७५३ पालिकहरुमा ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?