नीति अनुसन्धान प्रतिष्ठानले माग्यो ११ कर्मचारी

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता तथा विश्लेषक अधिकृतहरुको पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ। प्रतिष्ठानले आज सोमवार एक विज्ञापनमार्फत् विभिन्न ११ पदका लागि आवेदन आव्हान गरेको हो ।

प्रतिष्ठानले आर्थिक मामिला, सामाजिक, राजनीतिक तथा कानुनी मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिलामा वरिष्ठ अनुसन्धानकर्ता माग गरेको छ । साथै अन्य ४ पदमा सहअनुसन्धानकर्ता र ४ जना विश्लेषकका लागि दरखास्त आह्वान गरिएको छ ।

अनुसन्धानकर्ताका लागि विद्यावारिधी तथा अन्य पदका लागि स्नातकोत्तर तह उत्तीर्ण भएकाहरुले माघ ११ गतेसम्म अन्तिम दरखास्त आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?