पत्नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सोमवार भारत जाने भएका छन् । पत्नी सीताको थप उपचारका लागि आफू सोमवार मुम्बई जान लागेको दाहालले हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा जानकारी गराएका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लग्न लागिएको हो ।

सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?