दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा घोषित आन्दोलनका थप कदमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको विषयमा छलफलग गर्न कार्यदल गठन गरेको थियो।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?