मासु नपकाएको भन्दै श्रीमतीको हत्या

 काठमाडौं– काठमाडौंको कालिमाटीमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका ठेचो घर भई कालिमाटी बस्ने २३ वर्षीय सुरज परियार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पुस १७ गते राति साढे ११ बजेतिर सुरजकी श्रीमती २२ की वर्षीया मिरा सुन्दास परियार कोलीमाटीस्थित कोठा भित्र घाँटीमा सल कपडा बेरिई बेहोस अवस्थामा फेला परेको दावीसहित उनकी दिदी रुपा सुन्दास समेतले वीर अस्पताल लगेकोमा त्यही मृत्यु भएको थियो ।

सो घटनबारे जानकारी पाएपछि सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका हुन् । उनीहरूबीच मासु नपकाएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?