पूर्वमन्त्री महासेठलाई आफ्नै क्षेत्रमा कालो झण्डा

जनकपुर । पूर्वमन्त्री रघुवीर महासेठले श्रीमतीको मन्त्री पद बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलि तर्फ लागेको भन्दै आफै निर्वाचित भएको क्षेत्रमा कालो झण्डा देखाइएको छ ।

उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समूहले आइतबार कालो झण्डा देखाएका हुन् । संसद विघटनपछि प्रधानमन्त्री ओली समुहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।

ओली पक्षमा लागेर संसद विघटन गर्नेलाई सघाएको भन्दै महासेठका समर्थकहरुले बटेश्वर गाउवासीलाई भेटघाट गर्न आएको बेला स्थानीय बजार नजिक उनलाई कालो झण्डा देखाएका हुन् । नेकपाका माधव प्रचण्ड पक्षका स्थानीय नेता कुशेश्वर महतो, कृष्णकुमार महतो, रामुकमार महतो, राजकुमार महतो, रामकुमार पासवान लागायतले कालो झण्डा देखाउँदै उनी विरुद्ध प्रदर्शन समेत गरेका थिए ।

महासेठ निर्वाचित धनुषाको बटेश्वर गाउलेले महासेठ ओली समूहमा लागेपछि अधिकांश नेता तथा कार्यकर्ता उनको विपक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?