२०७७, १९ पुष आईतवार २०:१९

‘महिलाको मृगौलाले मेरो दिमाग बिग्रियो रे, अनि महिलाबाट जन्मिएकाहरू नि ?’- प्रम ओली


प्रकाशित मिति : २०७७, १९ पुष आईतवार २०:१९

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थको बारेमा अनावश्यक टिप्पणी हुने गरेको भन्दै गुनासो गरेका छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज आयोजना गरेको बृहत् भेलामा उनले महिलाको मृगौला लिएर दिमाग बिग्रेको भनेर नेताहरूले टिप्पणी गरेको भन्दै गुनासो पोखेका हुन्।

सम्वोधनका क्रममा उनले भने, ‘महिलाको किड्नी लिएर मेरो दिमाग बिग्रियो रे, अनि महिलाबाटै जन्मिएकाहरू नि ?’ उनले थपे, ‘त्यो दिन उसलाई श्रीमतीले कसरी खाना दिईन् होला ?’

महिलामाथि ठूलो अपमान हुने गरेको भन्दै उनले रास्ट्रपति विद्यादेवी भण्डारीको इज्जत र मान प्रतिष्ठामाथि धावा बोल्ने काम भएको पनि बताए।

प्रधानमन्त्री ओलीले शनिवार गरेको सम्वोधन 

प्रतिक्रिया दिनुहोस